महिनावारी भएकाे समयमा पसलबाट उधारो रासन, ब्याज लिने गर्छन् व्यापारी-छुवाछूत कहिलेसम्म – मनिषा बिक

माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे दिपायल सिलगढी नगरपालिकाकी मनिषा बिक एक दिन बिहानै घर नजिकैको पसलमा रासन किन्न जान्छिन् । वडा न. ४ दिपायल पिपल्ला बजारकि मनिषा बिक महिनावारी भएकाे समयमा पसलमा रासन किन्न जाँदा उधारो सामान किन्नु परेकाे बताउछिन् । महिनावारी भएकै कारण टाढाबाट उधारो सामान दिने व्यापारी पछि गएर उधारो सामानकाे ब्याज सहित लिने गरेकाे उनकाे गुनासाे छ । ५८ ओैँ जातिभेद तथा रङ्गभेद विरूद्द दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएकी हुन् । आँखिर छुवाछूत कहिलेसम्म ? नगरपालिका भित्र भाैतिक विकास भए पनि मानसिक चेतनाकाे विकास हुन नसकेकाे बिक बताउछिन् । महिला महिनावारी हुँदा र जातकै कारण समाजमा विभिन्न खाले भेदभाव सहेर बस्नुपरेकाे उनी भन्छिन् ।

मंगलबार “जातीय छुवाछूत भेदभावका विरूद्द प्रतिरोध गराैं ! संवैधानिक र कानुनी प्रावधानहरूकाे कार्यान्वयन गराैं” भन्ने मूलनाराका साथ जातीय छुवाछूत तथा विभेद निवारणका लागि सराेकारवालाहरूकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम नगर सभाहलमा भएकाे थियाे ।
फेडाे डाेटी, सिड नेपाल डाेटी, डिएनयाफ, डिसिए,एक्सनएड नेपाल ,सम विकास केन्द्र (इडिसी), डाेटीकाे संयुक्त आयाेजना र दिपायल सिलगढी नगरपालिकाकाे सहकार्यमा उक्त कार्यक्रम भएकाे हाे ।
समाजमा एउटा दलित भएकै कारण व्यापार व्यवसाय, आर्थिक, सामाजिक, राजनीतिक लगायत विविध क्षेत्रमा पछाडि धकेल्लिनु परेकाे सहभागी महिलाहरूकाे गुनासाे छ ।
समाज मर्दापर्दामा चाहिने सामाजिक संस्था हाे तर गैरदलित समुदायकाे मान्छे मर्दा दलित समुदायले मलामी जानू पर्ने तर दलित समुदायकाे मान्छे मर्दा गैरदलितले जान नहुने किसिमकाे अझै भेदभाव कायम रहेकाे स्थानीय मनिसा सुचिकारले बताइन् । जातीय छुवाछूतकाे अन्त्य गर्न पिडित मान्छेले आफै आवाज उठाउनु पर्ने अर्का स्थानीय कृष्ण बिकले बताए । स्थानिय तहका जनप्रतिनिधिले दलितसँग मेयर अथवा अध्यक्षसँग कार्यक्रम गरेर समाजलाई भेदभावरहित बनाउन जनप्रतिनिधिसलाई माग राख्नु भएकाे छ ।

कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जातिय छुवाछूत कसैलाई प्रिय लाग्ने कुरा हैन्, मानिसले मानवका नाताले हेरेर भेदभावकाे अन्त्य गर्न सकिने बताउनु भएकाे छ ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख बाजि सिं खड्काले कर्मकाे आधारमा पहिले शासकहरूले जातलाई वर्ग विभाजित गर्दा आज आएर समाज खण्डित बन्न पुगेकाे बताढनु भयाे । वर्तमान पिडिले समाज परिवर्तन गर्न आफूबाट सुरू गरि समाजमा रहेकाे  भेदभाव हटाएर रूपान्तर गर्न सकिने बताए । दलितहरूका लागि उच्चशिक्षा हाँसिल गर्न बजेट विनियोजनमा सधै निरन्तरता दिने बताउनु भयाे ।
एक्सनएड नेपाल समाजमा दलितमाथि हुने भेदभावका विरूद्द आवाज उठाउदै आएकाे कार्यक्रम संयाेजक सुनिता तिवारीले बताइन् ।
“पानीकाे बाेत्तल मात्र परिवर्तन भयाे तर पानी परिवर्तन भएन्”  दलित समुदायले पछिल्लो पिडिलाई शिक्षित बनाएपछि अनिमात्र समाजबाट जातीय भेदभाव हट्ने समन्वय उप-प्रमुख स्मृती चुनाराले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले माओवादी युद्धमा मलाई बचाउने दलित हाे र शिक्षाले परिवर्तन ल्याउछ, दलित समुदायले अगाडि बढ्न आफ्नो पिडिहरूलाई शिक्षा दिन आवश्यक रहेकाे बताउनु भएकाे छ । दलितहरूकाे आन्तरिक भेदभाव र विवादले दलितमाथि झन् भेदभाव बढ्दै गएकाे बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.