हार्न नजानेका भरत पन्चायत  काल देखि साँसद सम्म

२०१४ सालमा साविकको खिरसैन गाविसमा जन्मिएका भरतबहादुर खड्का पूर्वीचौकी गाउँपालिका–१ फुलौट, डोटीका स्थायी बासिन्दा हुन्। २०३२ सालदेखि नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ को ईकाई उपसभापति बाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले स्नातक तहसम्म डोटीको सिलगढीमा रहेकको डोटी बहुमुखि क्याम्पसमा अध्यन गरेका थिए ।

२०३६ सालको जनमत सङ्ग्रहमा पूर्वमन्त्री शिवराज पन्तको टोलीमा रहेर बहुदलको पक्षमा प्रचार गरेका खड्का नेविसंघको डोटी क्याम्पस इकाई कमिटी उपसभापति पनि थिए। उनले २०३९ सालमा स्नातक तहको औपचारिक शिक्षा पूरा गरे।
खड्काको जनप्रतिनिधि हुने यात्रा २०३९ सालदेखि सुरु भयो। उनी २०३९ सालको गाउँ पञ्चायत चुनावबाट २३ वर्षकै उमेरमा साविक खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्च बने। २०४४ सालमा डोटी जिल्ला पञ्चायतको सभापति भएका खड्का बहुदलपछि कांग्रेसमै सक्रिय भए। २०४९ सालको स्थानीय निकायको निर्वाचनमा उनी जिल्ला विकास समिति उपसभापति छानिए।
२०५४ सालमा खड्काले फेरि जिल्ला विकास समितिको सभापतिमा बाजी मारे। २०६२÷०६३ सालको जनआन्दोलनपछिको गणतन्त्रात्मक व्यवस्थामा पनि खड्का शक्तिमै रहे।
२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा खड्काको नाम समानुपातिकको सूचीमा थियो। त्यसबेला कांग्रेसअनुकूल मत परिणाम नआएपछि खड्काको पहिलो संसदीय यात्रामा ‘ब्रेक’ लाग्यो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खड्का समानुपातिकतर्फ संविधानसभा सदस्य चुनिए।
२०७४ साल मङ्सिर २१ गते भएको निर्वाचनमा उनी डोटी–१ ९१० बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भए। खड्का तत्कालीन वाम गठबन्धनका उम्मेदवार चक्रबहादुर मल्ललाई ६१४ मतले हराउँदै विजयी भए। उनले १७ हजार ४०६ मत पाउँदा मल्लले १६ हजार ७९२ मै चित्त बुझाउनुप¥यो।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा खड्का प्रतिनिधिसभाका लागि दाबेदार थिए। तर, चुनावी गठबन्धनका कारण डोटी तत्कालीन नेकपा एकीकृत समाजवादीको भागमा पर्यो। चुनावी तालमेलका क्रममा कांग्रेसको भागमा परेको प्रदेशसभा क्षेत्र–१ को सिट पनि कांग्रेसले जोगाउन सकेन।
पछिल्लो समय कांग्रेसमा भएको नेतृत्व परिवर्तनले खड्कालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न सहज बनायो। उनी विशेष महाधिवेशनबाट नेपाली काँग्रेसको केन्द्रिय सदस्य समेत निर्वाचित भएका छन् । विशेष महाधिवेशनको पक्षमा खुलेका खड्कालाई नवनिर्वाचित सभापति गगनकुमार थापाले उम्मेदवार बनाएर डोटी पठाएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा डोटीबाट तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रेमबहादुर आले २७ हजार २१० मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी गौरीकुमारी ओली ९नेकपा एमाले० ले २३ हजार ४ मत पाएकी थिइन्। स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ६ हजार ६८९ मत प्राप्त गरेका थिए।
आसन्न निर्वाचनमा उनी नेकपा एमालेका दीपक धामी, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का त्रिलोचन भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नरेन्द्रबहादुर खड्कासँग चुनावी प्रतिस्पर्धामा थिए ।
नेपाली कांग्रसका भरत बहादुर खड्काले बिजयी भएका छन् ।
१४हजार ८ सय ९७ मत ल्यार खड्का बिजयी भएका छन् । उन निकटतम प्रतिदोन्दी एमालेका दिपक बहादुर धामीले १४ हजार १ सय १० मत ल्याका हुन् । खड्काले ७ सय ८७ मतले बिजयी भएका हुन । तस्तै रास्वापा नरेन्र्द बहादुर खड्काले १३ हजार २ सय ७० मत ल्याएका छन धने ने क पा बा त्रिलोचन भट्टले ५ हजार ४ सय १३ मत ल्यार चौथो स्थानमा भए।

Leave A Reply

Your email address will not be published.