डोटीको आदर्श गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले गरे पालिका परिसरभित्र वृक्ष रोपण

डोटी _डोटीको आदर्श गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रवारे क्रियाकलाप अन्तरगत पालिकाको परिसरमा वृक्षरोपण गरेका छन्। आज गाउँपालिकाका अध्यक्षसहित पालिकामा कार्यरत् कर्मचारी र जनप्रतिनिधिहरुले गाउँपालिको परिसरमा १५० फलफूलका बोटबिरुवा रोपेका छन। पालिकाले कृषि शाखाको नियमित कार्यक्रम अन्तर्गत स्थानीयलाई वृक्ष रोपण गर्न प्रसाहित गर्न जनचेतनास्वरुप समी, कपुर, आपँ सुन्ताला मेकेडिमियानट ,केरा लगायत अन्य विभिन्न प्रजातिका डेढ सय फलफूलका बोटबिरुवा रोपेको गाउँपालिका कृषि शाखा नाप्रस खेमराज पाठकले बताउनु भएको छ।

आदर्श गाँउपालिकाले समय समयमा यस्ता विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गर्दैआएको छ। पारिएकाको कृषि शाखाबाट केही दिनमा नै ७५ प्रतिशत अनुदानमा फल्फुल बिरुवा बितरण गर्ने कार्यक्रम रहेको जानाको छ।

Leave A Reply

Your email address will not be published.