डोटी — बैंकर्स क्लब डोटीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले ग्लोबल आइएमई बैंक लिमिटेड, पिपल्लाबजार दिपायल शाखाका शाखा प्रबन्धक कबी राज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कुमारी बैंक लिमिटेड, दिपायल शाखाका शाखा प्रबन्धक जगतबहादुर बोहरा र एनएमबी बैंक लिमिटेड, दिपायल शाखाका शाखा प्रबन्धक निर्मला कुमारी बम चयन भएका छन्। त्यस्तै महालक्ष्मी विकास बैंक लिमिटेड, दिपायल शाखाका शाखा प्रबन्धक नवीन मेधासी सचिव र हिमालयन बैंक लिमिटेड, आदर्श शाखाका शाखा प्रबन्धक तेजबहादुर रोकाया सह–सचिवमा चयन भएका छन्।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, दिपायल शाखाका टंक जोशीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।साधारण सभाले कार्यसमिति सदस्यमा एभरेस्ट बैंक लिमिटेड, दिपायल शाखाका सूर्यबहादुर थापा, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, दिपायल शाखाका धन भण्डारी, ग्लोबल आइएमई बैंक लिमिटेड, दिपायल शाखाका कपिल शाह, एनएमबी बैंक लिमिटेड, केआई सिंह शाखाका प्रकाश अवस्थी र एनआईसी एशिया बैंक लिमिटेड, दिपायल शाखाका सिद्धराज जोशीलाई चयन गरेको छ।
साधारण सभाबाट चयन भएको नयाँ कार्यसमितिले बैंकिङ क्षेत्रको संस्थागत हितसँगै डोटी जिल्लाको आर्थिक विकासमा समेत प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। बैंक तथा वित्तीय संस्थाबीच समन्वय र सहकार्य बढाउँदै जिल्लाको आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने नयाँ कार्यसमितिले जनाएको छ।