डोटी उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा चार जनाको उम्मेदवारी

माेहन पनेरू
डोटी: डोटी उद्योग वाणिज्य संघको आगामी असाेज ४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिको कार्यालयले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। अध्यक्ष पदमा दीपकबहादुर खड्का, इन्द्रबहादुर कुँवर, प्रेमबहादुर भण्डारी र बिरेन्द्र शाह उम्मेदवार छन्। वरिष्ठ उपाध्यक्ष पदमा दीर्घबहादुर साउद, लोकबहादुर खड्का र चन्द्रराज पाठकको उम्मेदवारी परेको छ। उपाध्यक्ष उद्योगतर्फ रमेश बोहरा र नन्दराम भण्डारी तथा उपाध्यक्ष वाणिज्यतर्फ लालबहादुर कठायत, गणेश बोहरा र लोकबहादुर देउवा उम्मेदवार छन्। महासचिव पदमा जयबहादुर शाही, रोशन कठायत र रमेश जोराको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा अमित अमात्य र प्रकाशबहादुर रावल तथा सचिव पदमा दीपक कलेल, पवित्रा कुमारी कुँवर र नन्दन सि. कार्की उम्मेदवार रहेका छन्।

Leave A Reply

Your email address will not be published.