डोटीको पुर्बिचौकी गाउँपालीका७ पोखरीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।
पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमकाबिच पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्याय , डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, गाउँपालीकाका उपाध्यक्ष पशुपती खड्का ,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्मा, वडा अध्यक्ष प्रेम खड्का लगाएतकाले संयुक्त रुपमा अस्थायी प्रहरी चौकी उद्घाटन गर्नुभएको छ।
स्थानीय स्तरमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा प्रदान तथा चोरी डकैती न्यूनीकरण गर्ने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले बताउनु भएको छ।
समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्यायको बताउनुभयो।
भौगोलिकरूपमा विकट गाउँपालिकाको– ७ मा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट, बहुविवाह र चोरीका जस्ता अप्रीय घटनामा कमी आउनेमा उहाँले जोड दीनुभयो । प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले ‘स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर पुर्बिचौकीको वडा न ७ मा प्रहरी चौकी स्थापना गरेको बताउनु भयो । यसबाट सूचनाको पहुच र प्रहरीको उपस्थिति बलियो हुनेछ।
उक्त प्रहरीचौकी स्थापनाले डोटी संगै अछामका जनता लाभाम्बीत हुने अनुमान गरीएको छ ।कार्यक्रममा स्थानिय सरोकारवाला, जनप्रतिनिधि सुरक्षाक्रमी लगायतकको उपस्थिति रहेको थियो।।