माेहन ठकुल्ला
डाेटी,
अन्तर विद्यालय खेलकुद फूटबल र कबड्डी प्रतियोगिताकाे दुबै उपाधि पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले हात पारेकाे छ ।
३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सञ्चालन भएकाे खप्तड- शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिताकाे फाइनल खेल सम्पन्न भएकाे छ । श्री भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल सञ्जाल डोटीको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरेकाे हाे ।
फुटबल प्रतियोगिताकाे फाइनल खेलमा पदम पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालयले सुजंग बोर्डिङ स्कुललाई १-० गाेलले पराजित गरेकाे हाे । फूटबलमा प्रथम टिमले रू १५ हजार ट्रफी र प्रमाणपत्र पाएकाे छ भने द्वितिय टिमले रू १० हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेकाे छ ।
त्यस्तै कबड्डी खेलमा पवित्र बोर्डिङ स्कुललाई पदम पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयले पराजित गरेकाे छ । पद्म पब्लिकले ७९ अंक प्राप्त गर्दा पवित्र बाेर्डिङ स्कुलले १२ अंकमा चित्त बुझाउनु पर्याे । पद्म पब्लिकले सहजै पराजित गरि प्रथम पुरस्कार रू १५ हजार ट्रफी प्रमाणपत्र प्राप्त गरेकाे छ । पवित्रले द्वितीय पुरस्कार रू १० हजार सहित ट्रफी प्रमाणपत्र सहित प्राप्त गरेकाे थियाे । कबड्डी खेलमा उत्कृष्ट खेलाडी दिपा बिष्ट बन्न सफल भइन् ।
साथै चित्रकला प्रतियोगितामा १० वटा विद्यालयका सहभागी विद्यार्थी मध्य श्री तेडि माद्यामिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र आशिक साउद प्रथम भइ रू ३ हजार सहित प्रमाणपत्र प्राप्त गरे भने पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र डायमन्ड ओली द्वितीय भइ रू १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिता गत शनिबार ९ गते देखि सुरूभएकाे थियाे ।