डोटीमा मतगणना जारी, प्रारम्भिक परिणाममा एमालेका धामी अग्रस्थानमा

डोटी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, सिलगढीमा भइरहेको मतगणनामा हालसम्म ३ सय ४५ मत गणना गरिएको छ। प्रारम्भिक परिणामअनुसार नेकपा ९एमाले०का उम्मेदवार दिपक धामी ९३ मतसहित अग्रस्थानमा रहेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार भरत खड्काले ६८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवारले ४८ मत ल्याएका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्टले ४३ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय जनमोर्चाले २ मत प्राप्त गरेको छ भने नेकपा ९माओवादी केन्द्र०का उम्मेदवारले १ मत पाएका छन्।

Leave A Reply

Your email address will not be published.