डोटी — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत डोटीका एक मतदान केन्द्रको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
उक्त केन्द्रमा १ हजार ८ सय ५३ मतदाता रहेकामा ६ सय ५५ मत खसेको छ। खसेको मतमध्ये २२ मत बदर भएको छ।
गणना भएका मतअनुसार नेकपा ९एमाले० को सूर्य चिन्हले २४० मत प्राप्त गर्दै अग्रता कायम गरेको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको पाँचकुने तारा चिन्हले २१० मत पाएको छ।
यसैगरी नेपाली कांग्रेसको रुख चिन्हले ९७ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को घण्टी चिन्हमा ८२ मत परेको छ।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को हलो चिन्हले २ मत, जनमोर्चाको गिलास चिन्हले २ मत र नेकपा ९माओवादी केन्द्र० को फूल चिन्हले २ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्य मतदान केन्द्रहरूको नतिजा आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।