पशुपंन्छी तथा मत्स्य विकास निर्देशनालय राजपुर डाेटीमा तालाबन्दी

माेहन ठकुल्ला
डाेटी,
नेपाल कम्युनिस्ट पार्टी डाेटीले पशुपंन्छी तथा मत्स्य विकास निर्देशनालय राजपुर डाेटीमा तालाबन्दी गरेकाे छ ।
जनताले उक्त कार्यालय बाट पाउने सेवा सुविधा प्रति गम्भीर ध्यानाकर्षण गर्दै कर्मचारीहरूले मनाेमानी गरेकाे भन्दै आइतबार पार्टीले कार्यालयमा तालाबन्दी गरेकाे जिल्ला सचिव माेहन कठायतले बताए ।
महिनाै दिनसम्म कार्यालयमा कर्मचारी उपस्थित नहुने, कमिसनकाे भरमा अनुदान वितरण गर्ने, जनताहरूका जनगुनासाकाे बेवास्ता गर्ने, साेधपुछ गर्दा उल्दै अन्दाज गर्ने, सुचनाकाे हकलाई राेक लगाएकाे लगायतका विविध गतिविधिकाे विषयमा विराेध जनाउदै विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
सरकारी कर्मचारीले नियम अनुसार पाउने छुट्टि बाहेक अरू दिन कार्यालयमा प्रत्येक दिन हाजिर हुनुपर्छ तर त्यहाँ १०/१५ दिनसम्म अनुगमन गर्न जाँदा कुनै दिन पनि कर्मचारी नभेटेपछि कार्यालयमा तालाबन्दी गरेकाे जिल्ला पार्टी सदस्य प्रकाश कठायतले बताए ।

Leave A Reply

Your email address will not be published.