काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह ९बालेन०लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।संविधानको धारा ७६९१० अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री बनाइएको हो । नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलोपटक हो ।साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पनि यो ऐतिहासिक पहिलो घटना बनेको छ ।काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद्मा प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न सफल भएका छन् ।