डोटी: डोटीको के।आई। सिंह गाउँलिपालिका – ५ सैन स्थित सेती नदि किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार विहान सेती नदि किनारमा बेवासिशे पुरुषको शब भेटिएको हो ।स्थानीयले अर्ध सडेको अवस्थामा सेती नदि किनारमा शव सडेको देखेपछि प्रहरी चौकीलाई खबर गरेका थिए ।खबर पाउना साथ इलाका प्रहरी कार्यालय दिपायलबाट
प्रहरि नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ५ जनाको टोली खटिईएको छ । घटनास्थलमा पुगी हेर्दा नाम,थर वतन खुल्न नआएको पुरुषको वेवारीसे लाश अर्ध सडेगलेको घोप्टो अवस्थामा रहेको कठायतले बताए ।थप अनुसन्धानको लागी घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा ५ जनाको टोली खटिएको जनाएको छ ।