शुक्रबार, चैत २०, २०८२
साँफेबगर ।एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औँ वार्षिकोत्सवको अवसरमा १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसरमा अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौ स्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विहीबार आयोजित कार्यक्रममा कापी, कलम लगायतका शैक्षिक सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यालय प्रमुख पुर्ण बहादुर बिष्टले कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा समाज प्रति जिम्मेवारी बहन गर्दै यस्ता सहयोगात्मक कार्यक्रमहरु गर्दै आएको बताउनु भयो। उहाँले शिक्षा नै उज्ज्वल भविष्यको आधार भएकाले विद्यार्थीहरुलाई पढाईमा अझ प्रेरणा मिलोस् भन्ने उद्धेश्यले शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिनु भयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले कम्पनीले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए।