दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग

दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग
डोटी
दिपायल सिलगढी नगरपालिका–४ राजपुरस्थित सुजङ इङ्लिस बोर्डिङ मोडल सेकेन्डरी स्कुलकाे विद्यालय परिसरभित्र प्रवेश गरी शिक्षकमाथि दुर्व्यवहार तथा हातपात गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै मँगलबार दिउँसो करिब १२ बजेर २२ मिनेटतिर स्थानिय रोशन कठायत सहित तीन जना व्यक्तिहरू विद्यालयको कक्षाकोठामा प्रवेश गरेको जनाएको हो।
विज्ञप्ति अनुसार ती व्यक्तिहरूले विद्यालयका कक्षाकोठा, कम्प्युटर ल्याब, शौचालय लगायत स्थानको फोटो तथा भिडियो खिच्दै विद्यार्थीहरूसामु शिक्षकहरूलाई धम्की दिने, गालीगलौज गर्ने तथा हातपातसमेत गरेको आरोप लगाइएको छ।
विद्यालय प्रशासनले उक्त घटनाले विद्यालयको शान्तिपूर्ण शैक्षिक वातावरण खल्बलिएको जनाएको छ। ‘विद्यालय जस्तो पवित्र शिक्षण संस्थामा भएका यस्ता अमर्यादित तथा आपराधिक गतिविधिले विद्यार्थी र शिक्षकहरू त्रसित बनेका छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
विद्यालयले शिक्षकमाथि कार्यस्थलमै भएको भौतिक आक्रमणलाई शिक्षा क्षेत्र र मर्यादामाथिको प्रहारका रूपमा लिएको जनाएको छ। साथै घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा विद्यालय र शिक्षकहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ

Leave A Reply

Your email address will not be published.