डोटीमा१९हजार बढी बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

डोटी। डोटीमा १९हजार बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रम अन्तर्गत जिल्लाभरीका ६ देखि ५९महिनासम्मका १९ हजार १९४ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभएको छ। राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत भोलि र पर्सि बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल, जुकाको औषधी र बालभीटा खुवाउने कार्यक्रम रहेको प्रमुख मलासीले बताउनुभएको छ। जिल्लामा १२ देखि ५९ महिनासम्मका १६ हजार ८२६ जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाईने भएको छ।

बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाउनका लागि जिल्लाभरी ६सय ६५जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् भने आवश्यकता अनुसार स्वास्थ्यकर्मी समेत परिचालित हुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

गाउँघर क्लिनिक, खोपकेन्द्र, स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाइने स्वास्थ्य प्रमुख मलासीले बताउनुभएको छ। नजिकका गाउँघर क्लिनिक, खोप केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा आफ्ना बालबालिकाहरुलाई लगेर भिटामिन ‘ए’, जुकाको औषधी र बालभिटा खुवाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।जिल्लाभरीका सबै स्वास्थ्य संस्थाहरुमा भिटामिन ‘ए’क्याप्सुल, जुकाको औषधी र बालभीटा पुर्याइसकिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.