मोहन पनेरु
डोटी / डोटीमा तिन स्थानिय तहका मतगणना गरीसक्दा एमालेका उम्मेदवार दीपकबहादुर धामीले अग्रता कायम राखेका छन्। पछिल्लो गणना अनुसार धामीले ४ हजार ८ सय ७६ मत प्राप्त गरेका छन्।
उनका पछिपछि कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले ३ हजार९२ सय ८मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार नरेन्द्र खड्काले २ हजार ८ सय ४० मत ल्याएका छन्।