डडेल्धुरामा एमालेका स्नेहीसहित १० उम्मेदवारको जमानत जफत

२०८२ फाल्गुन २४

धनगढीः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा नेकपा (एमाले)का उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ. डडेल्धुरामा कुल ४३ हजार ६७ मत सदर भएकोमा जमानत जोगाउन कम्तीमा चार हजार ३०७ मत आवश्यक थियो। एमालेका उम्मेदवार स्नेहीले भने दुई हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो।
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का तारा जोशी विजयी भएका छन्। नेपाली कांग्रेसका नैनसिंह महर र नेपाल कम्युनिस्ट पार्टी नेकपाका मानसिंह मालले भने आवश्यक मत प्राप्त गर्दै जमानत जोगाएका छन्। अन्य १० उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.