पत्रकार राज पार्कीले जन्म दिनको अवसरमा जिल्ला अस्पताल डोटी र पूज्य धर्मान्तक वृद्धा आश्रममा फलफूल वितरण गरेका छन् । सामुदायिक रेडियो शैलेश्वरी एफएमका समाचार प्रमुख तथा विभिन्न मिडियामा आबद्ध पत्रकार पार्कीले आइतबार परेको जन्म उत्सवको अवसरमा फलफूल वितरण गरेका हुन ।
जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गर्नु उचित लागेकाले आश्रम र अस्पताललाई फलफूल वितरण गरेको पार्कीले बताए । उनले जन्म दिनको अवसरमा मात्र नभई समस्यामा परेका नागरिकलाई जहिले पनि सहयोग गर्ने बताए । पार्की करिब पाँच वर्ष यता डोटीमा पत्रकारिता गर्दै आइरहेका छन् ।