विद्यालयको बार्षिक उत्सवको अवसरमा वडा अध्यक्ष साउदले गरे पच्चीस हजार आर्थिक सहयोग

डोटी / डोटीको सायल गाउँपालिका वडा नम्वर ५ मा रहेको ओम आधारभुत विद्यायलको ४१औ बार्षिक उत्सव आजदेखी सुरुभएको छ ।
विद्यालयको ४१औ बार्षिक उत्सवको अवसमा सायल गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष बहादुर साउदले आर्थिक सहयोग वापत विद्यालयका प्रधानाध्यापक खडक प्रसाद जोशीलाई पच्चीस हजार पाँच रुपैया बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

चेक हस्तान्तरणपछि कार्यक्रममा आफ्नो धारणा राख्दै वडा अध्यक्ष साउदले वर्तमानमा समयमा शिक्षा क्षेत्रमा लगानी गरे यसले शिक्षाको गुणस्तर र विकासमा टेवा पुग्ने बताउनु भएको छ। आफु शिक्षा क्षेत्रमा लगानी गर्न सधै तयार रहेको साथै फेरि पनि वडाले विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ।

वडा अध्यक्षलाई धन्यवाद व्यक्त गर्नुहुदै विद्यालयका प्रधानाध्यापक जोशीले सबैले विद्यालयलाई आ आफ्नो क्षेत्रबाट सहयोग गरे विद्यालयको शैक्षिक गुणस्तर बलियो हुने बताउनु भएको छ उक्त  रकम विद्यालयमा अध्यनरत गरिब ,रतथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेउहाले बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति धर्मराज जोशीले पालिकाको शैक्षिक स्थर सुधार गर्नु आफ्नो पहिलो उदेश्य रहेको बताउनु भएको छ। शिक्षाको क्षेत्रमा लगानी गर्न गाउँपालिका लागि परेको छ,उहाँले भन्नुभयो शिक्षाको गुणस्तरमा सुधार गर्ने एक्लै पालिकाले लगानी गरेर मात्रै सम्भव नभएकाले जनसमुदाय पनि विद्यालयप्रति उत्तरदाही हुन आवश्यक रहेको तर्फ राख्नु भएको थियोे। कार्यक्रमकी बिशिस्ट अथिति पालिकाकी उपाध्यक्ष निर्मला बोहरा ओलीले विद्यालय परिवारलाई बार्षिक उत्सवको शुभकामना दिदै ओम आधारभुत विद्यालयले आगामी दिनमा पढाईको गुणस्तरमा सुधार ल्याउने आसा गरेको बताएकी छन । उक्त कार्यक्रममा बिद्यालयले स्थापना गर्ने , जग्गा दाता भौतिक शैक्षिक तथा आर्थिक पक्षमा सुधार गर्न भुमिका खेल्नुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै विद्यालयका संस्थापक जग्गा दाता गाउँपालिाकाका अध्यक्ष धर्मराज जोशीका बुवा स्वर्गीय हरीलाल जोशी मरणोपरान्त सम्मान पत्र प्रदान गरिएको छ ।

विद्यालयको बार्षिक उत्सव फागुन ३ गते सम्पन्न हुनेछ ।

Leave A Reply

Your email address will not be published.