डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ६ बाल श्रममुक्त वडा घोषणा भएको छ ।
आगामी आर्थिक बर्ष भित्र बालश्रममुक्त नगर घोषणा गर्ने लक्ष्यसहित नगरले बालश्रम मुक्तगर्ने विभिन्न अभियानहरु गर्दै आएको यस अघि नगरपालिकाले वडा नम्वर ५ र ८ लाई पुर्ण रुपमा बालश्रम मुक्त वडा घोषणा गरी सकेको छ। त्यस्तै आज नगर पालिकाले उक्त वडा बालश्रम मुक्त घोषणा गरेको हो ।
बालश्रमुक्त वडा घोषणा गर्दै कार्यक्रमका प्रमुख अथिति बाजि सिंह खड्का विजयले नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्न अभियान निरन्तर अगाडी बढीरहेको छिट्टै नगरलाई नै सुदुरपश्चीमकै पहिलो बालश्रम मुक्त नगर दिपायल सिलगढी नगरपालिका बनाउने गरी अगाडी बढीरहेको बताउनु भएको छ । बालश्रम मुक्त वडा घोषणा गर्न अभियानमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।
बालश्रम निवारण राष्टिय रणनितिले तोकेको मापदण्ड पुरा गरेर वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको दिपायल सिलगढी नगर पालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले बताउनु भएको छ।उहाँले बालअधिकारको सुनिश्चितता हुन नसके समाजको विकास हुनपनि असम्भव रहेको छ ।बालवालिकाको हक अधिकार सुनिश्चितता गर्न वाडालई वालश्र मुक्त घोषणा गरिएको बताउनु भएको छ ।बालवालिका भबिष्यका कर्णधार र राष्टका सम्पति हुन ,सबैले अरुका बालवालिकालाई पनि आफ्नै सन्तानको जस्तै व्यवाहार गर्नु पर्ने नगर उपप्रमुख कलापती महर साउदले बताएकी छन।
सबैले आ_ आफ्नो ठाउबाट बालश्रमलाई रोक्न एकजुट हुनुपर्ने बताउनु भएकी छन ।
नगर पालिकाले आगामी आर्थिक बर्षभित्र बालश्रम मुक्त नगर बानाउने गरी गृर्हकार्य गरिहरेको नगर पालिकाले जनाएको छ।उक्त वडा डोटी जिल्लाकै मात्र नभएर सुदूरपश्चिम प्रदेशका सात सय ३४ वडामध्ये वालश्रम मुक्त भएको तेस्रो वडा हो ।