सायल गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा विधुत लाईन विस्तार

डोटी/ डोटीको सायल गाउँ पालिका-४ भल्मामा रहेको नेपाल टेलीकमको टावरमा नेपाल विद्युत प्राधिकरको केन्द्रिय लाइन जडान भएको छ।
गाउपालिकालाई टेलिफाेन सेवा दिने उदेश्यले उक्त स्थानमा नेपाल टेलीकमले विगत केही वर्ष देखि साे  टावर जडान गरिएकाे थियाे । विधुतलाईन भन्दा निकै टाढा भएकाले टेलिकमले उक्त टावरमा साेलर सिस्टमवाट संचालन गर्दा हिउद र वर्षाकाे समयमा सायल गाउँपालिकाका वडा नं २,३,४,र५ नागरिकहरुलाई टेलिफाेन सम्पर्कमा आउन निकै कठिनाई हुने गरेको थियाे ।
नेपाल विद्युत प्राधिकरण दिपायल, प्रादेशिक विधुत प्राधिकरण अत्तरीया कैलाली र नेपाल विधुत प्राधिकरण केन्द्रीय कार्यालय संगकाे लामाे समन्वय पछि सायल गाउपालिकाकाे भल्माकाे डाडाेमा रहेकाे नेपाल टेलिकमकाे टावरमा विधुत लाईन जडान भएकाे छ ।


उक्त टावरमा विधुत लाईन जडान गर्नकाे लागि सायल वडा नं ४ काे रवा देखि नेपाल टेलिकमकाे टावरसम्म करिव आठ किलाे मिटर थ्रीफेज लाईन विस्तार गरि समुदायका व्यक्तिहरूकाे लागि टेलिफाेन सेवा चाैविसै घण्टा सुचारु गरिएकाे गाउँपालिका अध्यक्ष धर्मराज जाेशीले वताउनु भएकाे छ । टावरमा केन्द्रीय विधुत लाईन जडान भएकाेले सायल वासीहरूले २४ घण्टा आफन्तसंग कुरा गर्न सक्ने नेपाल विधुत प्राधिकरण दिपायल शाखाले जनाएकाे छ ।
सायल गाउपालिकाकाे अनुराेधलाई सकारात्मक रुपमा कार्यालयकाे तर्फवाट नेपाल विधुत प्राधिकरण केन्द्रीय कार्यालयका निर्देशक मनाेज शिलवाल, प्रादेशिक कार्यालय प्रमुख जंगवहादुर चन्द र दिपायल शाखा प्रमुख शिवशंकर स्वाेमीकाे विशेष पहल रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.