उक्त शिविरमा उपचार हुने राेगहरूमा पेट सम्वन्धि (कब्जियत गाेनागाेला, जन्डिस, अम्लपत्ति (ग्यास्टिक), आउ, पाइल्स, फिस्टुला, फिसर), नशा तथा हाडजाेर्नी सम्वन्धि (बाथ, हड्डि खिईएकाे, जाेर्नि दुख्ने, ढाड कम्मर दुख्ने, नशा च्यापिएकाे, युरिक एसिड, दुखाई सम्वन्धि सम्पुर्ण राेगहर), त्यस्तै पिसाव सम्वन्धि पिसाव पाेल्ने, पिसाव राेकिने, पथ्थरी) रागहरुकाे उपचार हुने उक्त कार्यालयले जनाएकाे छ ।
त्यसै गरि उक्त शिविरवाट छाला राेगहरुमा (दाद, छाला चिलाउने, चर्म राेग), स्वासप्रश्वास सम्वन्धि रुघाखाेकी, दम, एलर्जी), मुख तथा घाँटी सम्वन्धि (श्वास गन्हाउने, मुख तथा जिब्रोमा घाउ खटीरा आउने, टन्सिलकाे समस्या), दिर्घराेग सम्वन्धि (मघुमेह, उच्च रक्तचाप), जेष्ठ नागरिककाे लागि रासायनीक औसधि वितरण, स्तनपायी आमाहरुका लागि दुग्ध बर्धक औषधि वितरण, महिलाहरुका लागि महिनावारी गडवडी, सेताेपानी वग्ने, तल्लाे पेट दुख्ने लगाएतका विमारीहरुले सेवा पाउने सायल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कविराज निरीक्षक विजय कुमार चाैधरीले वताउनु भएकाे छ ।
आयुर्वेद स्वास्थ्य उपचार पद्दतिवाट नया तथा पुराना दिर्ध विरामीहरुलाई पनि सन्चाे हुने भएकाे यश पद्दतिवाट उपचार गर्न स्थानिय समुदायहरुलाई सायल गाउँपालिका अध्यक्ष धर्मराज जाेशीले अनुराेध गर्नु भएकाे छ ।
उक्त शिविर संचालनकाे लागि सम्पुर्ण कायहरु तयारी भई सकेकाे र फाल्गुन १२ गते सायल गाउपालिका ५ काे दुदिलेगडावाट सेवा लिन सम्पुर्ण सायलवासीहरु तथा आसपासमा वसाेवास गर्ने समुदायलाई उक्त शिविरवाट सेवा लिन हुन जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय प्रमुख विध्या घिमिरे देउवाले आग्रह गर्नु भएकाे छ।