सिलगढी/त्रिवेणी मिडिया नेटवर्क डोटीद्वारा संचालित सामुदायिक रेडियो त्रिवेणी एफ.एम.९४.४ मेगाहर्ज १३ बर्ष पुरा गरी १४ औं बर्षमा प्रवेश गरेको छ ।
रेडियोको स्थापना दिवसको अवसरमा यहाँसम्म ल्याइपु¥याउने सेयर सदस्य, संचालन समितिका पदाधिकारी तथा सदस्य, रेडियोमा कार्यरत कर्मचारीहरु, श्रोता महानुभावहरु, विज्ञापनदाताहरु लगायत सुभचिन्तकहरुमा हार्दिक धन्यवाद दिन चाहन्छौं । अहिलेसम्मको साथ सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा समेत साथ सहयोगको पूर्ण अपेक्षा लिएका छौं ।
रेडियोको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रेडियोका लेखा प्रमुख इन्द्र शाहीले प्रस्तुत गर्नु भएको २०८० साउन १ गतेदेखि फागुन ११ गतेसम्मको आम्दानी र खर्च विवरणमा आम्दानी नौ लाख ४५ हजार दुई सय ७० रहेको छ भने खर्चमा आठ लाख ८७ हजार एक सय २२ रहेको छ । त्यसैगरी हाल बैंक मौजात ५८ हजार एक सय ४८ रहेको छ ।
कार्यक्रममा यस आर्थिक बर्षको बाँकी समयको अनुमानित आय/व्यय समेत प्रस्तुत गरीको थियो ।