मोहन ठकुल्ला
सिलगढी/सम विकास केन्द्र (इडिसी )डोटीको आयोजनामा जिल्ला स्तरिय बुहसरोकारवाला मञ्चको बैठक सम्पन्न भएको छ । शुक्रवार एक ओैपचारिक कार्यक्रमका साथ युरोपियन युनियन र डिसियको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम भएको हो । परिवर्तन परियोजना लागू भएका जिल्लाका स्थानियतहका वडाहरूमा कार्यक्रमले गरिएको प्रगति विवरणको विषयमा दिपायल सिलगढी नगरपालिकाको सभाहलमा छलफल गरिएको हो ।
स्थानिय सरकारवालालाई जवाफदेही बनाउन, स्मार्ट पालिका बनाउन् र आन्तरिक सुशासन प्रवधन गर्ने लगायतका उद्देश्यले कार्यक्रम गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले बताए । सन २०१९ देखि लागू भएर सन २०२३ सम्म परिवर्तन परियोजना अन्तर्गत लागू भएका वडाहरूमा उपलब्धि मुलक काम गर्दै आएको बताए ।
परिवर्तन परियोजना लागू भएका डोटी जिल्लाका ३ वटा स्थानिय तह शिखर नगरपालिका, जोरायल गाउँपालिका, के आई सिह गाउँपालिकाका विभिन्न वडाहरूमा उपल्ब्धिमुलक कार्यहरू गर्दै आएको जिल्ला कार्यक्रम संयोजक महेश परियारले बताए । उक्त कार्यक्रम लागू भएका विभिन्न वडाहरूमा सुशासन पाठशाला मार्फत महिलाहरूको क्षमता अभिवृद्धि गर्न, व्यक्ति विकास गर्न, महिलाहरूको कार्यबोझ घटाउन, महिला तथा जातिय छुवाछूतको उन्मुलन गर्न, बालविवाह, बहुविवाह, लगाउतका घरेलु हिंसाको अन्त्य गर्ने उद्देश्यले विभिन्न अभियान चलाउदै आएको संयोजक परियारले बताए । सुशासन पाठशालामा बसेर महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक, व्यापार व्यवसायमा उपल्ब्धि हाँसिल गरेका छन् ।
कार्यक्रम मार्फत बोल्दै जिल्ला समन्वय समिततिका प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण बहादुर सिहले संस्थाले गरेका कामप्रति धन्यवाद ज्ञापन गर्दै शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दा समाजमा सकरात्मक भावना पैदा हुने र जिल्लामा रहेका सक्रिय पत्रकारहरूको समाज रूपान्तरण गर्ने मुख्य भूमिका रहेको प्रमुख सिहले बताए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका कार्य समिति सदस्य, दिपायल सिलगढी नगरपालिका उप- प्रमुख, जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत, सुरक्षाकर्मी, पत्रकार महासंघ डोटी र अन्य मिडियामा आवद्ध पत्रकार लगायतको सहभागिता रहेको थियो ।