सायल गाउँपालिकामा सन्चालन नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ६ सय बढी नागरिक ले लिए सेवा 

सिलगढी,

डोटीको सायल गाउँपालिकामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएकाे छ । शनिबार एक दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ दुदिलेगडामा शिविर सञ्चालन भएको हो । जिल्लाकै ग्रामीण मानिने सायलमा सञ्चालन भएको नि:शुल्क शिविरमा आयुर्वेद चिकित्सक डा. प्रविना श्रेष्ठले र डा. कृष्ण सिंह धामीले विरामीको चेकजाँच गरेका छन् । शिविरबाट ६ सय भन्दा बढीले निःशुल्क स्वास्थ्य जाँच गराउनुका साथै औंषधी लिएका छन् ।

ग्रामिण भेगका नागरिक थुप्रै स्वास्थ्य समस्याबाट ग्रसित भएपनि विभिन्न कारण उपचार नगरि बसेको हुनाले निःशुल्क शिविरको आयोजना गरिएको जिल्ला आयुर्वेद डोटीका कार्यालय प्रमुख विद्या घिमिरे देउवाले बताइन् ।पछिल्लो समय मानिसहरूमा दिर्घ रोग बढी देखिने गरेकोले त्यस्ता रोगहरुको उपचार आयुर्वेद पद्धति बाट सम्भव रहेको उनको भनाइ छ । आयुर्वेद उपचार पद्धति उपचार बिधि प्रति जनविश्वास बढ्दै गएको पनि देउवाको भनाइ छ । पहिलो पटक सायलमा जिल्ला स्तरको नि:शुल्क आयुर्वेद शिविर सञ्चालन हुनु खुसीको कुरा रहेको गाउँपालिकाका अध्यक्ष धर्म राज जोशीले बताए । आयुर्वेद प्राचीन उपचार पद्धति भएकाे र यसका सिद्धान्त अवलम्बन गरेमा मानिस स्वस्थ रहेने अध्यक्ष जोशीले बताए । अध्यक्ष जोशीले शिविरबाट सायलका धेरै नागरिक लाभान्वित भएको भन्दै आयोजकलाई धन्यवाद दिएका छन् ।

भौगोलिक दृष्टि विकट रहेको सायल गाउँपालिका दुर्दराजका बासिन्दाहरुले आर्वेदिक पद्धतिद्वरा निशुल्क उपचार गराउन पाउनु सायल बासीको सौभाग्य रहेको सायल गाउँपालिका नि प्रमुख प्रशासकीय अधृकित विजय कुमार चौधरीले बताउनु भएको छ।

शिविरमा पेट, नशा तथा हाडजाेर्नी, पिसाव, छाला सम्बन्धि राेगहरू, मुख तथा घाँटी, स्वासप्रस्वास सम्बन्धि, दिर्घराेग तथा महिला सम्बन्धि विभिन्न रोगहरुको चेकजाँच गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.