सुदूरपश्चिमका पत्रकार महिलाहरूका लागि संवाद सभा दिपायलमा सुरु

सिता महता डोटी ,

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा डोटीमा महिला पत्रकारहरूको क्षमता विकास तालिम सुरु भएको छ । पत्रकार क्षमता विकास कार्यक्रम अन्तर्गत पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा मङ्गलवारबाट सुरु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको सहकार्यमा महासङ्घले दुई दिने तालिम आयोजना गरेको हो । पत्रकार महिलाहरूको नेतृत्व क्षमता वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले जानकारी दिएको छ । भोलि (बुधबार )सम्म चल्ने उक्त सभाले पत्रकार महिलाका पेशागत समस्या तथा समाधानका उपायका विषयमा छलफल गर्नेछ । सभामा प्रदेशका नौ ओटै जिल्लाका ४० भन्दा बढी पत्रकार महिलाको सहभागीता रहेको छ ।

Leave A Reply

Your email address will not be published.