विभिन्न कार्यक्रम गरी केआईसिंह गाउँपालिकाले मनायो अन्तराष्ट्रिय महिला दिवस

 

डोटी/विभिन्न कार्यक्रम गरी केआईसिंह गाउँपालिका वडा नम्बर ५ रानागाउँले ११४ औं अन्तराष्ट्रि महिला दिवस मनाएको छ । ‘महिलामा लगानी, समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाएको हो ।

दिवसको उपलक्ष्यमा महिलाहरुले वडामा ¥याली पश्चात औपचारीक कार्यक्रम गरिएको थियो । दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको सिर्जनशील महिला सञ्जालका अध्यक्ष माधवी शाहीले बताइन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुर्गा सिं रावलले आफुहरु लैङ्गीक समानता तथा समावेशी नीति अनुसार काम गरिरहेको बताए । उनले महिलाको विकासका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको र त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए । ‘महिलाहरुले नयाँ, सृजनसिल काममा लाग्नुपर्ने र आर्थिक उपार्जनका काममा सहभागी हुनु पर्दछ’, अध्यक्ष रावलले भने, महिलाहरुले नेतृत्व विकास पनि गर्नु पर्दछ र लैङ्गीक हिंसा कम गर्नमा समेत भूमिका खेल्नु पर्ने हुन्छ ।’

कार्यक्रममा बोल्दै वडा सदस्य सरस्वती कठायतले सबैले छोरा–छोरीसंग समान व्यवहार गर्नु पर्ने बताइन ।

त्यसैगरी केआईसिंह गाउँपालिकाले समेत ¥याली लगायत विभिन्न कार्यक्रम गरी ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले महिलाहरुलाई समान पहँुचमा पु¥याउन पालिका सदैव सकारात्मक रहेको र सोहि अनुरुप कार्यक्रमहरु संचालन गरिरहेको बताए ।

Leave A Reply

Your email address will not be published.