चैत्र ०४ डोटी,मृतक राम रैकालको परिवारलाई स्थानीयले आर्थिक सहयोग गरेका छन ।डोटीको आदर्श गाँउपालिका वडा नं ६ घर भैई कामको सिलसिलामा भारतमा बस्दै आएका गिरीचौका ( मल्लाज गाउ ) का राम बहादुर रैकालको फागुन १७ गते अकस्मात मृत्यु भएको थियो ।
आर्थिक अवस्था कमजोर भएको परिवारमा उनको मृत्युपछि परिवारको विचल्ली भएको छ। राम बहादुरको मृत्युपछि परिवारलाई केही राहातसहित भारतमा रहेका नेपालीहरुले चन्दा संकलन गरी ६४८००र नेपालमा १४४४४ रूपैयाँ गरी ७९२४४ नगद आईतबार वडा अध्यक्ष लाल बहादुर खडायतको रोहोवरमा उनकी श्रीमती दुर्गा देवी रैकाललाई हस्ताक्षर गरिएको छ।
सथै स्थानीय समाजसेवी गणेश खडायत र सरस्वती ओलीले उनको परिवारलाई खाद्यान्न सामग्री दुई कट्ठा चामल ,नुन ,तेल सहित सहयोग गर्नु भएकोछ अप्ठ्यारोमा परेकालाई उद्धार र सहयोग गर्नु सबैको कर्तब्य हो । समस्यामा परेका जो कोहीलाई पनि सबैले आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्नु मानवीय धर्म रहेको स्थानीय समाजसेवी गणेश खडायतले बताउनु भएको छ।
राम बहादुरको परिवारमाश्रीमती तिन छोरा एक छोरी गरी चार जना सदस्य रहेकाछन ।