डोटी / डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । आज सायल गाउँपालिका वडा नम्बर २ खटगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलक बोहराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार सायल गाउँपालिका–५ पटकानी स्थित मामा घर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराको लागि बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजेतिर सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको थियो अस्पतालमा दिउँसो ३ बजे डाक्टरले बोहरालाई मृत घोषणा गरेका हुन् । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनक बहादुर बोहराको कमान्डमा र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्र बहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायव निरीक्षक नेगीले जानकारी दिनुभएको छ।