डोटीमा किशाेरीहरूका लागि ३ दिने उदघाेषण एवम आधारभुत पत्रकारीता तालिम सुरू भएको छ ।
नेपाल पत्रकार महासंघ डाेटी शाखाकाे आयाेजना र आदर्श गाउँपालिका, बाेगटान फुड्सिल गाउँपालिकाकाे सहयाेगमा किशाेरीहरूका लागि संचालन गरिएको ३ दिने उदघाेषण एवम आधारभुत पत्रकारीता तालिम आजबाट दिपायलमा सुरू भएको छ ।
किशोरीहरूको उदघोषण कलामा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सन्चालन गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखा अध्यक्ष मोहन शाहीले बताउनुभएको छ । उदघोषण कार्यक्रममा सहभागीहरुले आफुहरुलाई कार्यक्रममा सहभागीता जनाउने अवसर जुटेको भन्दै खुशी व्यक्त गरेका छन। कार्यक्रम चैत्र १६ गतेसम्म संचालन हुने छ।तालिममा आदर्श गाउँपालिका र बोगटान गाउँपालिका गरी जम्मा २४ जनाको सहभागिता रहेको छ ।