डोटी/ डाेटीमा पहिलाे पटक चैते धान राेपाईमा यान्त्रिकरण प्रयोग गरिएको छ । विज्ञान र प्रविधिको प्रयोग गरी कृषिको उत्पादन बढाउने र लागत घटाउने उद्देश्यका साथ डाेटिमा पहिलोपटक यान्त्रिक प्रविधिद्वारा धान रोपिएको छ।
लामो समयको प्रयास पछी आज डोटी जिल्लाको शिखर नगरपालिकामा सो प्रविधी मार्फत रोपाइँ गरिएको हो । कृषि ज्ञान केन्द्र डोटीको आयोजना, शिखर नगरपलिकाको सहजीकरण तथा धान सुपरजोन कंचनपुर र आर सी टि इन्जिनियरिंग वर्कशप, झलारी कंचनपुरको प्राविधिक सहयोगमा पहिलो पटक चैते धान रोपाइमा मेसिनको प्रयोग परिक्षण तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
कृषिलाई आधुनिकीकरण मार्फत कृषि उत्पादन बढाउन र लागत घटाउन यस्ता प्रविधिको प्रयोग र प्रशारण बढाउन जरुरि भएकाले डाेटिमा पहिलोपटक यान्त्रिक प्रविधिद्वारा राेपाई गरिएको कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनु भएकोछ। डोटीकाे शिखर नगर पालिका -२ कालागाडमा यन्त्रमा आधुनिक बीउ राखिएकाे थियो । उक्त राखिएको बिउको आज एक कार्यक्रम बिच डोटीका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रशाद अर्याल र जिल्ला समन्वय समिति डाेटिका प्रमुख लक्ष्मण बहादुर सिंहले आधुनिक यन्त्रबाट राेपाई उद्वघाटन गर्नु भएको थियो ।
समय सापेक्ष कृषिलाई आधुनिक र वैज्ञानिक प्रणालिमा ढाल्ने प्रयास अनुरुप कृषि ज्ञान केन्द्र डाेटिकाे पहलमा पहिलोपटक साे अभ्यास गरिएको छ । कृषि ज्ञान केन्द्र डाेटिले नयाँ प्रविधिलाई किसान माझ पुर्याउने उदेश्यका साथ उक्त प्रविधि किसानकै खेतबारीमा पुगेर सिकाउने गरिएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । यसरी आफ्नै खेतबारीमा पहिलोपटक आधुनिक मेसिनबाट धान राेप्ने काम सुरु भएपछि कृषक खुशी भएकाे वडाअध्यक्ष गणेशबहादुर बाेगटिले बताउनुभयो ।