नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गर्यो बिपि नगर बजार परिसर सरसफाइ

डोटी / नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले डोटीको बडिकेदार गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र बिपि नगर बजार परिषद सरसफाइ गरेको छ। नेपाल तरुण दलका केन्द्रिय सदस्य पबिना जोशीको नेतृत्वमा नेपाल बिद्यार्थी संघ जिल्ला उपाध्यक्ष यशोदा बोहरा र नेपाल तरुण दल बडि केदार गाउ पालिका सभापति तेजेन्द्र देउवाको संयुक्त आयोजनामा सरसफाई गरेको छ । सरसफाइ कार्यक्रममा बोल्दै नेपाल तरुण दल केन्द्रिय सदस्य पबिना जोशीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सधै हातेमालो गरेर अगाडी बताईन । साथै उक्त कार्यक्रमका नेपाल प्रहरी , स्थानीय ,व्यापारी लगगायत विभिन्न सरोकारवालहरुको सहभागीता रहेको नेपाल तरुण दल डोटी जिल्ला कार्यसमिति सदस्य रोसन कोलिले बताउनुभएको छ।

Leave A Reply

Your email address will not be published.