सिलगढी/ डोटीको आदर्श गाउँपालिका वडा ६ गिरिचौकामा सञ्चालित मिनिग्रेड सोलार बत्ती बन्द हुदा स्थानीयले अध्यारोमा बस्नु पर्ने बाध्यता रहेको छ । विगत १५ महिनादेखि सञ्चालनमा रहेको वत्ति तिन दिनदेखि बन्द हुदा यहाँका स्थानीय अध्यरोमा बस्नु परेकोभन्दै चिन्ता व्यक्त गरेका छन । विगत १५ महिनादेखि सञ्चालनमा रहेको ८० किलोवाट क्षमता भएको मिनीग्रीड सोलार बत्तीको सञ्चालनका लागि बैकल्पीक उर्जा प्रबद्र्धन वोर्डमा हार गुहार गरेर लिफ्ट खानेपानी र वडाका तिन सय ५० घरधुरीका लागि मिनीग्रीड सोलार सञ्चालन गरेपनि अहिले फेरी आफ्नो वडा बत्तीमुनीको अध्याँरो जस्तै भएको वडअध्यक्ष लाल बहादुर खडायतको भनाइ छ। पाँच करोडमा मिनीग्रीड सोलार सञ्चालन गर्ने कम्पनी संग १० प्रतिशत लगानी पालिकाको हुनुपर्ने सम्झौता भए अनुसार आव २०७८÷०७९ को बजेटबाट सम्झौता अनुसार ५० लाख मध्ये ३० लाख बिनियोजन गरेर तिरेको तर २० लाख तिर्न बाँकी रहेको कारण अहिले उक्त प्रविधी बन्द रहेको वडा अध्यक्ष खडायतले बताए । उनले चालु आवमा पनि पालिकाले १८ लाख विनियोजन गरेको भएपनि अहिले सम्म नतिरेकाले घाम पावर कम्पनीले बन्द गरेको बताए ।अहिले आदर्शको वडा नम्बर ६ को गिरीचौकामा विद्युतिकरणका लागि पोलहरु गाडिएको भएपनि लाईन बिस्तार हुन सकेको छैन ।