डोटी / डोटीमा हावाहुरीले एक दर्जन बढी निजि तथा सरकारी संरचनाहरुमा क्षती पुर्याएको छ ।
बुधबार बेलुकी ५ बजे तिर आएको पानी हावा हुरीले पुर्वीचौकी गाउँपालिका वडा नम्बर २ झिग्रना स्थित खप्तड राष्ट्रिय निकुन्जका २ भवन र स्थानीय बासिन्दा रामबहादुर ठकुल्लाका घरको छाना उडाएर पूर्ण रुपमा क्षती पुर्याएको खप्तड होमस्टेका संञ्चालक दीपकबहादुर खड्काले जानकारी दिनु भयो ।त्यस्तै हावाहुरिले आदर्शमा गाउपालिका वडा नं. २ साउद काडामा रहेकाे नमादेव माध्यमिक बिद्यालयकाे छाना पनि उडायकाे छ । बुधवार आएको हावा हुरिले ५ काेठा काे छना उडाएकाेविद्यालय का प्रधानाध्यापक केशव ओझाले जानकारी दिए ।
२०२८ सालमा स्थापना भएकाे विद्यालयमा १२ काेठा मध्य ५ काेठा काे छाना उडाएपछी कक्षा ६,७,९ बालविकास र कार्यालयकाे काेठामा क्षति गरेकाे प्रधानाध्यापक ओझाले जानकारी दिए ।४०० विद्यार्थी रहेकाे विद्यालयमा छाना उडाए पछि कक्षा संचालनमा समस्या हुने बताएको छ।हावा हुरीसँगै आएको असिनाले स्थानीय बासिन्दाले लगाएको अन्नबाली आलु खेती समेत क्षेति पुगेको खड्काले बताएका छन ।हावा हुरीसँगै आएको असिनाले स्थानीय बासिन्दाले लगाएको अन्नबाली आलु खेती समेत क्षेति पुगेको खड्काले बताएका छन