धुर्कोटमा  प्रभुमनिट्रान्फर सेवा सुचारु

भरत बम डोटी , डोटीको शिखर नगरपालिका वडा नंं.४ धुर्कोटमा प्रभु मनिट्रान्सफर सेवा सुरु भएको छ‌।‌ चौफाल बहुउद्देश्यीय सहकारि संस्था लिमिटेडले वडा नं. ३,४,५ र ६ का स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै सो सेवा सुचारु गरेको हो । त्यहाका स्थानीयहरुले आर्थिक लेनदेको लागी नगरपालिका बाहिर जानुपर्नै बाध्यता उक्त समस्यालाई मध्यनजर चौफाल बहुउद्देश्यीय सहकारि संस्थाले मनिट्रान्सफर सेवा विस्तार गरेको सहकारीका अध्यक्ष चेत राज जोशी बताएका छन । उक्त कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति संयोजक राम बहादुर ऐर , जनप्रतिनिधि समाजसेवी बुद्धिजीवीलगायत स्थानियको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.