भाद्र २४डोटी _डोटीको दिपायलमा अत्याधुनिक नयाँ बसपार्क बन्ने भएको छ । दिपायल सिलगढी नगरपालिकाले निर्माण गर्न लागेको बसपार्क करिब ३१ करोड लागतमा बन्ने भएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ सेती नदि किनारमा बन्न लागेको बसपार्क निर्माणका लागि जग्गा खरिद कार्य सम्पन्न भइसकेको र अन्य आवश्यक काम अगाडि बढीरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिनु भएको छ ।
दिपायल सिलगढी नगरपालिकाले नयाँ बसपार्क निर्माणका लागि सोमबार आयोजना गरेको सबैपक्षिय छलफल कार्यक्रममा जानकारी दिंदै सुचिकारले बसपार्कको डिपीआर समेत स्वीकृत भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा बसपार्कको सम्पूर्ण प्राबिधिक कुराहरुका बिषयमा नगरपालिकाका सव -इन्जिनियर स्वरुप सिंहले जानकारी दिनुभयो ।करिब ३२ रोपनी जग्गामा निर्माण हुने बसपार्कको लागि निर्माण रकम नगरपालिकाले नगर विकास कोषसंग ऋण लिने भएको छ । नगर विकास कोषसंग ऋण लिने निर्णय समेत भइसकेको बताइएको छ ।
नगर विकास कोषसंग ऋण लिंदा जम्मा लागतको १५ प्रतिसत अनुदान स्वरुप प्राप्त गर्ने, ३० प्रतिसत नगरपालिका स्वयंले व्यहोर्नुपर्ने र ५५ प्रतिसत मात्रै फिर्ता गर्नुपर्ने गरि ऋण प्राप्त हुने नगरप्रमुख बाजी सिंह खड्काले जानकारी दिनु भयो ।