डोटीमा एक पुरुष मृत फेला

डोटी । डोटीमा एकजना पुरुष मृत फेला परेका छन् । अर्घखाँची जिल्ला सितगंगा नगरपालिका वडा नम्बर ८ घर भएका बर्ष ४५ का गोपाल रेग्मी मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।बुधबार बेलुकी करिब ५ बजेतिर उनी बस्ने क्याम्प भित्र मृत अवस्थामा फेला परेका हुन् । दुदिला कन्सट्रक्सनमा ज्याला मजदुरी काम गर्दै आएका उनी डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर २ तिखात्तरमा सडक निर्माणमा काम गर्दै आइरहेका थिए ।सोही ठाउँमा बस्ने क्याम्पको भित्र मृत अवस्थामा रहेको भनि खबर प्राप्त पश्चात प्रहरी टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ ।

Leave A Reply

Your email address will not be published.