धन बोहरा डोटी _डोटीको पुर्वीचौकी गाउँपालिका-६मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार वडाध्यक्षमा निर्वाचित उम्मेदवार थापाले खसेको कुल मतमध्ये ४ सय ६८मत पाएका थिए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देब थापाले ३ समय १ प्राप्त गरेका छन् ।त्यस्तै माओवादी केन्द्रका उम्मेदवार देविलाल थापाले २६मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पाटिकी उम्मेदवार जानकी खड्का कुँवरले ३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिए ।जम्मा खसेकाे मतमा १३ मत बदर भएका छन् । २०७९ काे स्थानीय तहकाे निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार पुष्पराज जाेशीले जीत हात पारेका थिए । जाेशीकाे निधन पश्चात् यहाँ उपनिर्वाचन भएकाे हाे ।