डोटी _डोटीमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमवार बिहान साढे १० बजेको समयमा जिल्लाको जोरायल गाउँपालिका–१ घोरडी स्थित भिमदत्त राजमार्गमा ईभी हाइस र बोलेरो जिप एक आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डडेल्धुराबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र. ०४ ००१ ज ००४४ नम्बरको ईभी (हाइस) र र धनगढी बाट बझाङ तर्फ आउँदै गरेको लु.प्र. १ च ५८३७ नम्बरको बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि हाइस चालक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २५ वर्षीय उमेश महरा, अमरगढी नगरपालिका–५ बस्ने ३२ बर्सिया लक्ष्मी भट्ट, सोही ठाउँकी १० बर्सिया बालिका तपस्या भट्ट र ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२६ का ६१ वर्षीय टङ्क प्रसाद खनाल घाइते भएको प्रहरीले जनाएको छ ।घाइते मध्य दुई जनालाई उपचारको लागि धनगढी पठाएको र दुई जनाको स्थानीय घण्टेश्वर सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिप्रका डोटी जानकारी दिएको छ ।