कारागार कार्यालय डोटीमा कैदीबन्दीहरुका लागी तिन महिने सिलाई कटाई तालिम सुरु

धन बोहरा डोटी _कारागार कार्यालय डोटीमा कैदीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । साईन नेपालको नामक संस्थाको आर्थिक सहयोगमा कारागारमा रहेका २०जना बन्दीहरुको लागि तिन महिने सिलाइकटाइ तालिम सुरु गरिएको हो । साईन नेपालको आर्थिक सहयोग तथा कारागार कार्यालय र जिल्ला प्रसासन कार्यालय डोटीको समन्वय १८ जना पुरुष र दुई महिला बन्दीहरुको लागि तालिम राखिएको कारागार कार्यालय डोटीका प्रमुख लाल बहादुर बोगटीले जानकारी दिए ।बन्दी जीवन बिताउनेहरुलाई सीप मुलक तालिम दिएर दक्ष ब्यक्ति बनाउने उदेश्यले उक्त संस्था सहकार्य गरेर तालिमको आयोजना गरिएको बोगटीले बताए । तिन महिने तालिमको जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले लगनशिल भएर सिप आर्जन गर्न आग्रह गरे ।उनले सीप र काम हुँनेहरुसँग सबै डराउने भएकाले यहाँ सिकेका ज्ञान उपलब्धी मुलक ढंगले सिक्न आग्रह गरे ।बन्दी जीवन केवल बन्द रहन नभएर सिक्ने अबरका रुपमा मनन गरेर सीप आर्जन गर्न आग्रह गरेका थिए । सीप हुने ब्यक्ति कहिल्यै पछाडी पर्नुपर्ने अबस्था नआउने भएकाले लगनशिलता भएर सीप आर्जन गर्न प्रजिअ जोशीको आग्रह थियो ।।

Leave A Reply

Your email address will not be published.