डोटीमा ५ हजार ८सय ८७ किसान सूचीकृत

धन बोहरा डोटी,डोटी जिल्लामा किसान सूचीकरण कार्यक्रममा ५ हजार ८सय ८७ किसान सूचीकृत भएका छन् । डोटीमा किसान सूचीकरण कार्यक्रम अन्तर्गत आदर्श गाँउपालिकामा सबैभन्दा बढी १ हजार ३ सय ९३ जना सूचीकृत भएका छन् । सबैभन्दा कम दिपायल सिलगढी नगरपालिकामा १६ जना किसान सूचीकृत भएका छन् । त्यस्तै पुर्वी चौकी गाउँपालिकामा ३ सय २४ जना के आई सिंह गाँउपालिकामा ६ सय ४३, बोगटान फुडसिल गाउँपालिकामा ६ सय ४० बडिकेदार गाउँपालिकामा ७ सय ६८ जोरायल गाउँपालिकामा ९ सय ७९, सायल गाउँपालिकामा ७ सय ४२ शिखर नगरपालिकामा ३ सय ८२ गरी जिल्लामा जम्मा ५ हजार ८ सय ८७ किसान सूचीकृत भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि ज्ञान केन्द डोटीका प्रमुख अवस्थीकाअनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको छ

Leave A Reply

Your email address will not be published.