डोटीमा भालुको आक्रमणबाट एक जना घाईते

धन बोहरा डोटी _डोटीमा भालुको आक्रमणबाट एक जना घाईते भएका छन। जिल्लाको सायल गाउँपालिका वडा नं ६ स्वाणाका अन्दाजी ३४ बर्षीय भरत साउद घाईते भएका छन। साउदलाई आज दिउंसो करिब २ बजेतिर घाँस काट्ने क्रममा भेरामनी भन्ने जंगलमा भालुले आक्रमण गरेको वडा नं ६ का वडा अध्यक्ष दिपक साउदले जानकारी दिनुभएको छ। भालुको आक्रमणबाट साउदको टाउको र हात खुट्टामा चोट लागेको उहाँले बताउनुभयो। उहाँलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याईएको छ ।

Leave A Reply

Your email address will not be published.