विद्यार्थी लाइ भित्ते पत्रिका लेखन तालिम सम्पन्न 

 

तेज बहादुर ओली शनबिबार मंसिर २२डोटी ,बालबालिकामा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराइ रचनात्मक बनाउन, साहित्य र बाल पत्रिकामा रुची जगाउने उद्देश्यका साथ सिखर नगरपालिकामा भित्ते पत्रिका लेखन तालिम दिईएको छ ।भित्ते पत्रिका, बाल पत्रिकाको वा सिर्जनशिल लेखनको लागि चाहिने आवश्यक आधारभुत ज्ञान र सिपको विकासमा सहयोग पु¥याउने लक्ष्य सहित डोटी को सिखर नगरपालिकामा वडा न ४ मा रहेको पन्चोदय आधारभुत बिधालय मा ४ विद्यालयका २० जना विद्यार्थलाई दुई दिने प्रारम्भीक भित्ते पत्रिका लेखन तालिम दिएको हो ।

 

गुड नेवर्श इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग मा सामुदायिक बिकास केन्द डोटी को आयोजनामा संचालित एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्राथमिक विद्यालय, आधारभुत विद्यालय र माध्यामीक विद्यालयका २० जना बाल कलबका सदस्य हरु सहभागी रहेको भित्ते पत्रिका लेखन तालिममा भित्ते पत्रिका के हो, भित्ते पत्रिकामा के कस्ता विषय समाबेश गरिन्छ, भित्ते पत्रिका किन प्रकाशन गर्ने, भित्ते पत्रिका प्रकाशनका फाइदा, समाचार भनेको के हो ,समाचारको संरचना, सञ्चारका किसिम, पत्रकार, पत्रकारिता, समाचार तथा समाचारको तत्वसमाचारको प्रकार र समाचार वनोट, भित्ते पत्रिकामा गरिने सजावट लगायतका विषयमा जानकारी गरिएको छ ।

भित्ते पत्रिका लेखन तालिलमले विद्यालय जाने बालबालिकाहरुको लेखन क्षमतामा विकास गर्ने र बालबालिकाको भावना र रचनात्मकता ब्यक्त गर्ने एउटा प्रभावशाली माध्यायम बनाउदै सामान्यतया भित्ते पत्रिका, फ्लिप चार्ट पेपरमा वा सुचना पाटीमा क्लव सदस्य र अन्य विद्यार्थीहरुले आफ्नो लेख, रचनाहरु तयार गरी लाइबे्ररी वा विद्यालयको अनुकूल ठाँउमा टाँस्न सक्ने बनाउने उदेश्य अनुसार तालिमको आयोजना गरिएको सामुदायिक बिकास केन्दका कार्यक्रम अधिकृत लक्षमण देउबाले जानकारी दिनुभएको छ ।संस्थाले विद्यालयहरुका विचमा नियमित रुपमा प्रश्नोत्तर राखेर विद्ययार्थीहरु बीचको अन्तर सम्बन्ध बढाउने माध्यमको रुपमा विकास गर्दै भित्ते पत्रिका मार्फत विद्यार्थीहरुले समाचारको रुपमा आफ्नो विद्यालयको गतिविधिहरु, बालबालिकाहरुको अधिकार तथा सवालहरु जस्तै बाल विवाह न्यूनीकरण , बालमैत्रि विद्यालय, बाल संरक्षण तथा बाल विकासका बिषयहरुलाई नियमित अंकको रुपमा लेखेर लेखन प्रतिभालाई बढावा दिन संस्थाले विद्यालय र विद्यार्थी लक्षित कार्य गर्दै आएको कार्यक्रम अधिकृत गिता चौधरी ले बताउनु भएको छ ।

 

संस्थाले बालबालिकालाई आफ्ना समस्या भन्न सक्ने बनाउन, बालबालिकाको नेतृत्व विकास गर्न, बालअधिकारको संरक्षण संबद्र्धन गर्न, अभिभावक, शिक्षक लगायतको बालबालिकाप्रतिको व्यवहार राम्रो बनाउन, बालबालिकाको सिर्जनशीलता बढाउन, सूचित गर्न, शिक्षित बनाउन, अभिप्रेरणा प्रदान गर्न, मनोरञ्जन प्रदान गर्न र निगरानी गर्न समेत भित्ते पत्रिका प्रकाशनमा विद्यार्थीलाई प्रोत्साहित गरिरहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.