साईन नेपालद्वारा एकल तथा विपन्न महिलाहरुलाई न्यानो फाईबर सिरक वितरण

धन बोहरा डोटी, मानविय सेवामा अनेकौं प्रयास(साईन नेपाल) नामक गैरसरकारी सँस्थाले डोटीको आदर्श गाँउपालिकाका एकल तथा विपन्न महिलाहरुलाई न्यानो फाईबर सिरक वितरण गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं ७ का दुई सय जना एकल तथा विपन्न महिलाहरुलाई न्यानो फाईबर सिरक वितरण गरिएको छ।

यहाँका एकल तथा विपन्न महिलाहरुलाई सिरक वितरण गर्दा उहाँहरुले राहत महसुस गरेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले बताउनु भएको छ।  साईन नेपालको सहयोग तथा आदर्श गाँउपालिकाको सिफारिसमा वडा नं ७ का महिलाहरुलाई न्यानो फाईबर सिरक वितरण गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभएको छ।

 

 

Leave A Reply

Your email address will not be published.