धन बोहरा डोटी _निड्स नेपालद्वारा विपन्न महिलाहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । विहिवार डाटीको आदर्श गाँउपालिकामा आप्रवासी महिला समुहमाआबद्ध महिलाहरुलाई शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । पालिकामा सञ्चालित आप्रवासी महिला समुहमा आबद्ध ४३जना विपन्न महिलालाई शुरक्षित श्रम आप्रवासन प्रर्वद्धन परियोजना अन्तरगत जीविकोपार्जनमा सुधार होस भन्ने हेतुले ८६ ओटा उन्नत जातका बाख्रा वितरण गरिएको निड्स नेपालका फिल्ड प्रविधिक गणेश दाहालले बताउनुभएको छ ।
उक्त समुहमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा उन्नत जातका बाख्रा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उन्नत जातका बाख्रा वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै व्यावसायिक उत्पादनमा सहयोग पुग्ने दाहालले बताउनुभयो । विपन्न महिलालाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न बाख्रा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।