सामुदायिक बिकास केन्द्रको आयोजनामा सहजकर्ताहरुका लागि तीन दिने रुपान्तरणिय शिक्षा पुनर्ताजकिय तालिम सम्पन्न  

 

सामुदायिक बिकास केन्द्र डोटी को आयोजना मा सहजकर्ताहरुका लागि तीन दिने रुपान्तरणिय शिक्षा पुनर्ताजकिय तालिम आज मङ्सिर २८ गते शुक्रबार का दिन सम्पन्न भएको छ । मङ्सिर २६ गते बुधबार देखि बर्षा होटेल पिपल्लाबजार दिपायल मा सुरु भएको ३ दिने टि इ पि पुनर्ताजकिय तालिम सम्पन्न भएको छ।

लुथरन वल्ड फेडरेसन नेपाल र सामुदायिक बिकास केन्द्र को संयुक्त साझेदारीमा डोटी जिल्लामा संचालित समुदाय सशक्तीकरण तथा बिकासकालागी स्थानीय पहल (लाइसेड) परियोजनाअन्तर्गत तालिमको आयोजना गरिएको थियो ।

आयोजित तालिममा डोटी, बाजुरा र डडेल्धुरा जिल्लाका ७ जना पुरुष र १९ जना महिला गरि २६ जना सहभागी रहेका थिए । तालिम मा यदुलाल श्रेष्ठ र हरि सिंबोहराले सहजीकरण गर्नु भएको थियोे ।लुथरन वल्ड फेडरेसन नेपाल सङ्गको साझेदारीमा डडेलधुरा जिल्लामा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले, बाजुरा जिल्लामा गिफ्ट नेपाल ले र डोटी जिल्लामा सि डि सि डोटी ले कार्यक्रम संचालन गरिरहेका छन ।

समाज रुपान्तरण गर्न, वकालत गर्न, दैनिक कार्यब्यवहारमा परिवर्तन ल्याउन रुपान्तरणिय शिक्षा कार्यक्रम प्रभावकारि देखिएकाले सहजकर्ता को क्षमता बिकास गर्न यो तालिमको आयोजना गरिएको सि डि सि का परियोजना अधिकृत अनिल कुमार घर्तिले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.