नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा बम निर्वाचित

धन बोहरा डोटी _नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा प्रकाश बम निर्वा्चित भएका छन् । आज भएको नेपाल पत्रकार महासंघको चुनावमा बम डोटीको अध्यक्षमा निर्बाचित भएका छन । उपाध्यक्षमा चक्र मल्ल, महिला उपाध्यक्षमा सरिता कठायत सचिवमा बिक्रम खड्का विजयी भएका छन् ।
त्यस्तै सहसचिव पदमा एकेन्द्र चन्द र प्रतिक्षा धामी , कोषाध्यक्षमा दिपेन्द्र खड्का विजयी भए ।
सदस्यमा सुशिला साही, चक्र कठायत, ईन्द्र साही ,दान सिंह ऐर राज पार्की दिनेश जोशी विजयी भएका छन् ।प्रदेश परिषद् सदस्यमा चक्र कुवर, नारायणदत्त पनेरु  दल व देउवा विजयी भएका छन् महिलामा रश्मि खडायत रामदुलारी राना (समावेशी)निर्वाचित भएका छन् ।त्यस्तै केन्द्रिय पार्षदमा माेहन शाही, पुष्पराज जाेशी, सदस्यमा रामदास राना, रमेश मगर निर्विरोध निर्वाचित भएका छन् ।

 

Leave A Reply

Your email address will not be published.