ईश्वरीय विश्वविद्यालयद्वारा पत्रकार महासंघको नवनिर्वाचित टिमलाई बधाई सहित सम्मान

धन बोहरा डोटी _नवनिर्वाचित नेपाल पत्रकार महासघं डोटीका अध्यक्ष सहित कार्यसमितिलाई बह्रमकुमारी ईश्वरीय विश्वविद्यालय सिलगढी शाखाले बधाई सहित सम्मान गरेको छ ।आइतबार बह्रमकुमारी ईश्वरीय विश्वविद्यालय सिलगढी शाखाकी प्रमुख बह्रमकुमारी पर्वती दिदीले निर्वाचित अध्यक्ष प्रकास बमको टिमलाई सम्मान गरेको हो । बह्रमकुमारी ईश्वरीय विश्वविद्यालय सिलगढी शाखाकी प्रमुखले नवनिर्वाचित महासघंको टिमलाई टिका माला र सम्मानपत्र सहित सम्मान गरेको छ।बह्रमकुमारी ईश्वरीय विश्वविद्यालयको सम्मान पश्चात महासंघका नवनिर्वाचित अध्यक्ष बमले धन्यवाद ब्यक्त गरेका छन् ।मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं डोटीको अध्यक्षमा प्रकाश बम उपाध्यक्षमा चक्र मल्ल, महिला उपाध्यक्षमा सरिता कठायत सचिवमा बिक्रम खड्का विजयी भएका थिए ।

त्यस्तै सहसचिव पदमा एकेन्द्र चन्द र प्रतिक्षा धामी , कोषाध्यक्षमा दिपेन्द्र खड्का त्यस्तै सदस्यमा सुशिला साही, चक्र कठायत, ईन्द्र साही ,दान सिंह ऐर ,राज पार्की, दिनेश जोशी विजयी भएका थिए ।

Leave A Reply

Your email address will not be published.