जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन

धन बोहरा डोटी _जिल्ला कारागार डोटीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ।विवरण संकलन कार्यमा कारागारमा रहेका २१जना कैदीबन्दीको परिचय पत्रका लागि विवरण संकलन गरिएको छ।कारागारभित्र ६५कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकोले २१ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्र अनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको हो। कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले जिल्ला प्रशासन कार्यालयसंगको समुन्वयमा कारागारभित्रै टोली गएर विवरण संकलनको काम गरिको कारागार कार्यालय डोटीका प्रमुख लाल बहादुर बोगटीले बताउनु भएको छ।डोटीमा वि स २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम शुरु भएकोमा छ।

राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.