नेकपा एमाले डोटीको अध्यक्षमा मलासी निर्वाचित

 

धन बोहरा डोटी। नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी, डोटीको अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले मन्जु मलासीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ ।पार्टीभित्रको आन्तरिक विवादका कारण नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सहमति नजुटेपछि केही समयदेखी डोटीमा एमालेको अधिवेशनको मिति तोक्ने र अधिवेशन स्थगित गर्ने लामो शृंखला नै चलेको थियो । यस पटक मंसिर २८ गतेबाट सुरु भएको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि नेताहरूले निर्वाचनको प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने सहमति गरेका थिए । एमालेको निर्वाचन कमिटीले सार्वजनिक गरेको नतिजाअनुसार मलासीले अध्यक्ष पदका प्रतिस्पर्धी सेर बहादुर मल्ललाई ४४ मतले पछि पार्दै जित हात पार्नुभएको छ ।

मलासीले २१५ मत प्राप्त गर्दा मल्लले १७१मत पाएको निर्वाचन कमिटीले जनाएको छ । अध्यक्ष पदमा निर्वाचित मलासी पुर्व दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख समेत हुनुहुन्छ ।यस्तै जिल्ला कमिटी उपाध्यक्षमा खगेन्द्र बडैला , गणेश बिष्ट, लक्ष्मण मलासी र खेम बहादुर घर्ति मगर गरी चार जना प्रतिस्पर्धी थिए जसमा खगेन्द्र बडैला विजय हुनुभयो सचिवमा झलक पाली,धन बहादुर नेपाली पदमराज भट्ट आन्तरिक प्रतिस्पर्धामा रहेकोमा भट्ट निर्वाचित हुनुभएको छ भने खुला उपसचिवमा कृष्ण कुमार खड्का , कृष्ण बहादुर दुर्लामी,डम्मर डौडी, र बम बहादुर बमबिच भएको प्रतिस्पर्धामा डौडी चयन हुनुभएको छ त्यस्तै महिला उपसचिव पदमा ससी सोप र बिष्ना सिंहबिच भएको चुनावी प्रतिष्पर्धामा सिंह निर्वाचित हुनुभएको छ। अधिवेशनले पदाधिकारी तथा सदस्य गरेर ८५ जनाको जिल्ला कमिटी चयन गरेको नेकपा एमाले सुन्दरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य सिद्धराज जोशीले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.